
काठमाडौं । रणवीर कपुर, रश्मिका मन्दाना र अनिल कपुरको मुख्य भूमिका रहने बलिउड फिल्म ‘एनिमल’को लागि अभिनेता विपिन कार्कीले आफ्नो डमी पठाएका छन् ।
उनले यसैसाता ‘कबीर सिंह’ फेम्ड निर्देशक सन्दीप रेड्डी भांगालाई संवादसहितको अडियो डमी पठाएका हुन् । भिडियोको लुक्स परीक्षणका लागि उनी आगामी महिना मुम्बई जाने तयारीमा छन् ।
‘अडियो डमी पठाएँ र उताबाट यति भए हुन्छ भन्दै प्रशंसा गर्नुभयो’ बिपिनले अनलाइनखबरसँग भने, ‘सकारात्मक जवाफ पाएपछि खुसी छु ।’ रामबाबु गुरुङको फिल्म ‘फूलबारी’ छायांकनअघि बिपिन लुक्स टेस्टको लागि मुम्बई जानेछन् ।
तर, रणवीरको व्यस्तताका कारण फिल्मको छायांकन एक महिना ढिलाइ भएको कार्कीले बताए । आफूले बलिउडमा राम्रो काम गर्नुपर्ने चुनौती रहेको भन्दै उनले उद्योगको भविष्यको लागि पनि आफूले मिहिनेत गर्नु जरुरी रहेको बताए ।
फिल्ममा विपिनले खलपात्रमध्येकै एक चरित्र निर्वाह गर्नेछन् । ग्याङस्टर ड्रामामा आधारित हुने फिल्मले पात्रहरुबीचको जटिल सम्बन्ध पेश गर्छ । कसरी मुख्य चरित्र जनावरको स्वभावमा परिणत हुन्छ भन्ने कथावस्तु यसमा छ ।
आइएमडीबीका अनुसार यो फिल्म सन् २०२३ को अगस्ट ११ मा प्रदर्शन हुनेछ ।
प्रतिक्रिया 4