
दाङ । हास्य कलाकार कमल गाउँलेले गाईजात्रा प्रस्तुति ‘जनता हान्न चाहन्छन्’ ल्याएका छन् । उनले आफ्नै युट्युब च्यानलमार्फत आफ्नो २२ औं गाईजात्रे प्रस्तुति सार्वजनिक गरेका हुन् ।
यसमा उनले राजनीतिक र सामाजिक विषयमाथि चोटिलो व्यंग्य गरेका छन् । त्यस्तै उनले गाईजात्रे प्रस्तुतिभित्र ‘हाम्रा देशका दल, गन्हाउने ढल’ र ‘युवाले टेक्ने लौरो’ भन्ने प्यारोडी गीत समावेश गरेका छन् । उनले देशका दलहरु ढल जस्तै गन्हाउने भए भनेर व्यंग्य गरेका छन् ।
त्यस्तै प्यारोडीमा उनले स्थानीय तहको चुनावमा ‘लौरो’ले दलहरुको सिन्डिकेट तोडेर नेताहरुलाई सबक सिकाएको भन्दै व्यंग्य गरेका छन् । प्यारोडीमा उनले बाजेले टेक्ने लौरो युवालाई काम आयो भनेका छन् ।
‘बाजेले टेक्ने लौरो, बल्ल काम आयो’
‘आयो आयो, हेरे हेर लौरो आयो’
खायो, खायो खायो, खुचिङ….’
गाउँलेले भाइरल भेलुबाजेदेखि अर्थमन्त्री जनार्दन शर्मा प्रकरणसम्मका विषयमा व्यग्य गरेका छन् । गाउँलेले २२ वर्षदेखि निरन्तर गाईजात्रे प्रस्तुति निकाल्दै आएका छन् ।
प्रतिक्रिया 4