
२४ साउन, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीको सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अस्पताललाई दुई सय शय्यामा स्तरोन्नती गर्ने निर्णय गरेको हो ।
‘आज बसेको क्याबिनेटको बैठकले सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा सञ्चालन गर्ने र तीन शय्यामा स्तरोन्नति गर्न संघीय सरकारलाई लेखी पठाउने निर्णय गरेको छ,’ सामाजिक विकास मन्त्री गोविन्दराज बोहराले भने ।
प्रादेशिक अस्पताललाई दुई सय शय्यामा सञ्चालन गर्न आवश्यक व्यवस्थापनको कामसमेत पूरा भइसकेको दाबीसमेत मन्त्री बोहराको छ ।
१९९७ सालमा जिल्ला अस्पताल, २०४० सालमा सेती अञ्चल अस्पताल हुँदै प्रादेशिक बनेको अस्पताल अहिले नेपाल सरकारबाट स्वीकृत ५० शय्या र ७५ शय्या अस्पतालको आन्तरिक स्रोतबाट गरेर १२५ शय्यामा सञ्चालन भइरहेको छ ।
तर बिरामीको चापका कारण २५० शय्या सम्म सञ्चालन गर्दै आएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया 4