
काठमाडौं । ३० वर्ष लामो सांगीतिक इतिहास बोकेको कम्पनी म्युजिक नेपालले आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले विज्ञप्ति जारी गर्दै आईपीओ निष्कासन सम्बन्धमा एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवासँग निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी द्विपक्षीय सम्झौता भएको जनाएको छ ।
आईपीओ निष्कासनसँगै म्युजिक नेपाल मुलुकको पहिलो संगीत क्षेत्रको कम्पनी बन्नेछ । ‘जसले गर्दा भावी दिनमा यस कम्पनीसँग आबद्ध हुन सबै स्रष्टा, कलाकार र संगीतप्रेमीलाई नयाँ सम्भावनाको ढोका खुल्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।
म्युजिक नेपाल प्रालि अब कम्पनीमा परिणत हुन लागेसँगै आईपीओ निष्कासनको तयारी भएको जनाइएको छ । म्युजिक नेपाल २०३९ साल साउन २४ गते स्थापना भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4