
काठमाडौं । ‘सुपर डान्सर नेपाल’ बिहीबार राति ९ बजेदेखि सुरु हुने भएको छ । कान्तिपुर टेलिभिजन मार्फत यो रियालिटी शो हरेक बिहीबार र शुक्रबार राति ९ बजेदेखि प्रशारण हुनेछ ।
यो रियालिटी शोको जजमा भुवन केसी, जसिता गुरुङ र सुरेन राई रहेका छन् भने कार्यक्रम होस्टमा कविता नेपाली र विल्सन विक्रम राइ रहेका छन् । कार्यक्रमको निर्देशकको भूमिकामा भूषण दाहाल रहेका छन् ।
भारतीय सर्वाधिक लोकप्रिय मनोरञ्जन टेलिभिजन च्यानल सोनीमा पनि ‘सुपर डान्सर’ ले टेलिभिजन लोकप्रियताको आधारमा गरिने रेटिङ (टीआरपी) अग्रस्थानमा छ । नेपालमा पनि यो रियालिटी शोले दर्शकहरुको मन जित्ने विश्वास गरिएको छ ।
काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल र नेपालगञ्जमा फिजिकल अडिसन गरिनुका साथै नेपाल बाहिरका नेपालीभाषी रहेका स्थानका प्रतिभालाई समेत सहभागी गराउने उदेश्यका साथ डिजिटल अडिसन गरिएको थियो ।
‘सुपर डान्सर नेपाल’ बालबालिकाहरुको प्रतिभा प्रदर्शन गराउने अहिलेसम्मकै रियालिटी शो हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4