
काठमाडौं । कमेडी फिल्म ‘चंगाचेट २’को प्रमुख कलाकारमा विपिन कार्की अनुबन्धित भएका छन् । निर्माण कम्पनी डीएस डिजिटल र विपिनबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
मुख्य कलाकारमा यसअघि अर्पण थापा पनि जोडिएका छन् । अभिनेत्री चाँडै तय गर्ने निर्मात्री शर्मिला पाण्डेले जानकारी दिइन् । मंसिर पहिलो साता जनकपुरधाममा छायांकन हुने फिल्मलाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् ।
लगातार गम्भीर फिल्म निर्देशन गरिरहेका खनालले यसपटक भने मूलधारको कमेडीमा फिल्म बनाउँदैछन् । फिल्ममा विपिन पनि हास्य भूमिकामा देखिने भएका छन् ।
तीन करोड रुपैयाँको बजेटमा बन्न लागेको फिल्म पाँच वर्षअघिको फिल्म चंगाचेटकै दोस्रो श्रृंखला हो । ‘चंगाचेट २’ अघि विपिनले बलिउड फिल्म एनिमलमा काम गर्दैछन् ।
‘पशुपति प्रसाद’बाट चम्किएको दीपेन्द्र र विपिनको सहकार्यले ‘पशुपति २’ मा पनि सहकार्य गर्नसक्ने बाटो खुलेको छ । यी दुवैले हालै ‘के घर के डेरा’मा पनि काम गरेका छन् ।
प्रतिक्रिया 4