
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेता रहेको एमएडब्लू इन्टरप्राइजेज र नेपाल चार्टर्ड एकाउन्टेन्ट संघबीच व्यापारिक सम्झौता भएको छ ।
कम्पनीहरूसँग परस्परिक सम्बन्ध विकास गरी सो कम्पनीहरूलाई आफ्ना बाइक तथा स्कुटरहरू लिनका लागि सहज तथा अनुकुल वातावरण सृजना गरी सहयोग पुर्याउने उद्देश्यका साथ यस्तो सम्झौता सुरू गरेको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताए ।
सम्झौताअन्तर्गत अब आफ्ना कर्मचारीहरुले सहुलीयत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइक/स्कुटर लिन सक्ने एकाउन्टेन्ट संघले बताएको छ ।
सम्झौतामा हस्ताक्षर गर्दै यामाहा नेपालका सीईओ क्षेत्रीले यस किसिमको सम्झौताले दुवै पक्षलाई फाइदा पुर्याउने बताए । आगामी दिनहरूमा यस किसिमका सम्झौताहरू एमएडब्लूले अन्य कम्पनीहरूसँग पनि गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया 4