
२६ साउन, काठमाडौं। धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ को संशोधित मस्यौदा मन्त्रिपरिषद्मा प्रस्ताव गरिएको छ । अर्थ मन्त्रालयले उक्त् मस्यौदा स्वीकृतिका लागि बिहीबारको मन्त्रिपरिषद् बैंठकमा प्रस्ताव गरेको हो ।
नेपाल धितोपत्र बोर्डले पूँजी वृद्धि गर्दै खुला रुपमा ब्रोकरको लाइसेन्स दिने गरी नियमावलीको संशोधित मस्यौदा सञ्चालक समितिबाट स्वीकृत गरेर अर्थ मन्त्रालयमा पठाएको थियो । बोर्डले संशोधन प्रस्तावमा नयाँ ब्रोकरका लागि खुला लाइसेन्स मापदण्ड लागू गर्ने प्रस्ताव गर्दै धितोपत्र व्यापारी (स्टक डिलर) लाइसेन्सका लागि १ अर्ब ५० करोड पूँजी प्रस्ताव सहित नियमावली संशोधन गर्न अर्थ मन्त्रालयमा पठाएको थियो ।
यस्तै सीमित कार्य गर्ने धितोपत्र दलाल व्यवसायीलाई २० करोड, पूर्ण कार्य गर्ने धितोपत्र दलालका लागि ६० करोड चुक्ता पूँजी प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्बाट यो नियमावली स्वीकृत भएपछि बोर्डले सेयर ब्रोकरको लाइसेन्स दिने बाटो खुल्ने छ ।
प्रतिक्रिया 4