
२७ साउन, काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय र तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९६ हजार ६ सय र तेजावी सुनको मूल्य ९६ हजार १ सय रुपैयाँ तोकिएको थियो ।
शुक्रबार चाँदीको मूल्य बिहीबारकै कायम रहेको छ । चाँदीको प्रतितोला मूल्य १ हजार २२५ रुपैयाँ तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4