
२७ साउन, काठमाडौं। सरकारका गृहमन्त्रीसहित तीन मन्त्री र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच छलफल भएको छ ।
बिहीबार सिंहदरबारमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला), महान्यायाधिवक्ता खम्बबहादुर खाती, लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरी र थारु कल्याणकारिणी सभाका पदाधिकारीबीच छलफल भएको गृहमन्त्रीको सचिवालयमा जनाउको छ ।
छलफलमा कल्याणकारिणी सभाका तर्फबाट सभाका उपाध्यक्ष देवीप्रसाद चौधरी, महामन्त्री प्रेमीलाल चौधरी र केन्द्रीय सदस्यद्वय प्रभातकुमार चौधरी तथा रुकमिणी चौधरी सहभागी थिए ।
छलफलमा थारु कल्याणकारिणी सभा र सरकारबीच भएको ६ बुँदे सहमतिबारे कुराकानी भएको थियो ।
उक्त समस्या समाधानका लागि दुवै पक्षले आ-आफ्नोतर्फबाट गृहकार्य गरेर पुनः बैठक बस्ने गृह मन्त्रालयका प्रवक्ता फणिण्द्रमणि पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया 4