
२८ साउन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) नेपालले कार्यकर्ताका लागि वित्तीय साक्षरता तालिम आयोजना गरेको छ ।
‘आत्मनिर्भताका लागि उद्यमशीलता, उद्यमशीलताका लागि वित्तीय साक्षरता’ भन्ने नाराका साथ वाईसीएलले राजधानी काठमाडौंमा आयोजना गरिएको तालिम आयोजना गरेको हो ।
कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उदेश्यसहित वित्तीय साक्षरता तालिम सञ्चालन गरिएको वाईसीएलले जनाएको छ ।
युवाहरुलाई निःशुल्क स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको वाईसीएलका संयोजक सुमन देवकोटाले जानकारी दिए ।
वाईसीएल झण्डा र डण्डा बोकेर दगुर्ने संगठन नभएको भन्दै संयोजक देवकोटाले तालिममा एक भुगोलबाट कम्तिमा २० जनालाई अनिवार्य उपस्थिति गराइएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4