+
+

पार्टीकै नेता मिलाउन चुनौती छ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १५:०२

२८ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु व्यक्तिवादी हुँदा समस्या बढेको निष्कर्ष सुनाएका छन् ।

शनिबार दिवंगत नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रकै नेताहरूलाई मिलाउन नसक्ने अवस्था रहेको बताएका हुन् ।

माओवादीका नेताहरू एकले अर्कोलाई खुट्टा तानातान गरिरहेको उल्लेख गर्दै उनले भने, ‘अध्यक्षको रुपमा नेताहरुलाई के गरी मिलाउने भन्ने चुनौती आजको सबैभन्दा ठूलो भएको मैले देख्छु ।’

नेता मिलाउन सके जनता माओवादीको पक्षमा एकढिक्का रहेको उनको जिकिर छ । मधेसमा पार्टी प्रवेशको लहर भए पनि पार्टीकै नेताहरू एकअर्काविरुद्ध उत्रिएको प्रचण्डले बताए । ‘हाम्रै पार्टीका नेताहरू एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरी हराउने हो भन्नेमा तँछाडमछाड, मारामार छ’, उनले भने ।

प्रचण्डले स्थानीय तहको निर्वाचनमा १७५ तह जित्ने अनुमान रहेको भए पनि पार्टीभित्रैको अन्तरविरोधका कारण ५० सिट गुमाएको बताए । ‘यो अरु कुनै कारणले, जनताले विश्वास नगरेर होइन, बरु हामीभित्रैको अन्तरविरोधका कारण हामीले नै जनतालाई विभाजन गर्न पुग्दा हार्न पुग्यौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?