
२८ साउन, तनहुँ । तनहुँमा अरिंगालको टोकाइबाट एक युवकको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका-५ छाङपाटनका ३१ वर्षीय टोप बहादुर कुमालको उपचारका क्रममा शनिबार विहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बिहीबार छाङपाटनस्थित सेती नदी किनारमा सिसौको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।
उनको तत्काल भिमादस्थित शुभलक्ष्मी पोलिक्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारको लागि पोखराको गण्डकी अस्पताल पठाइएको थियो ।
तर उपचारका क्रममा शनिबार विहान ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4