
२९ साउन, काठमाडौं । सांसद दिव्यमणि राजभण्डारीले नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्स कुन कानुनको आधारमा दिइएको भन्दै प्रश्न गरेका छन् । उनले बीमा विधेयकको दफा ८३ मा पुनबीमाको बारेमा बोलेको भएपनि बीमा समिति तथा प्राधिकरणमा पुनर्बीमाको लाइसेन्स दिने भनेर नलेखेको बताए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले हिमालयन रि-इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनीको लाइसेन्स दिएको थियो ।
‘विगतको सरकारले एउटा प्राइभेट क्षेत्रले पुनर्बीमा लाइसेन्स पाएको छ, कुन कानुनको आधारमा पुनर्बीमा कम्पनी प्राइभेटलाई दिएको ?’ उनले भने, ‘जीवन र निर्जीवन बीमा कम्पनीमा ठूलो सेयरधनी भएको छ भने सेयर स्वामित्व मिलाउने भनेको छ, अब त्यसैले पुनर्बीमा कम्पनी पनि लाइसेन्स पाएको छ । यसमा स्वार्थ बाँझने हुन्छ कि हुँदैन?’
उनले बीम क्षेत्रमा विकृति रहेको बताए । ‘आफैं बोक्सी आफैं झाँक्री कतिपय कम्पनीमा देखिएको छ । यस्ता विकृति कसरी दाहोरिन नदिने भन्ने कुरा बीमा ऐनमा राख्न जरुरी छ ।’
प्रतिक्रिया 4