
काठमाडौं । नुवाकोटकी मोनिका अधिकारी र काठमाडौंका विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को उपाधि जितेका छन् । २६ प्रतिस्पर्धीपछि पार्दै अधिकारी महिलातर्फ र २४ प्रतियोगीलाई पछि पार्दै खड्गी पुरुषतर्फको विजेता बनेका हुन् ।
उपाधिसहित दुवै जनाले ५ लाख रुपैयाँ नगद बराबरको उपहार पनि जिते । साथै, १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेसनलमा’ र ‘मिस्टर अटुरिजम वल्र्ड’ मा क्रमशः महिला र पुरुषले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
मोडल हन्ट नेपालको यो सातौं संस्करण हो । सम्राट सिंह र मल्लिका फैजु फस्ट रनरअप स्मृति श्रेष्ठ र सुरज गोयन्का सेकेन्ड रनरअप चुनिए ।
निर्णायकमा नुतन श्रेष्ठ (मिष्टर नेपाल २०२२), नम्रता श्रेष्ठ (पूर्व मिस नेपाल २०२०), प्रशान्त ताम्राकार (फस्ट म्यानहन्ट इन्टरनेसनल १९९५), अभिमन्यू सिंह तमोर (अन्तर्राष्ट्रिय कोरियोग्राफर), राजभाइ सुवाल (फोटोग्राफर) र मदन रौनियार (जोय कस्मेटिक नेपालका अध्यक्ष) थिए ।
प्रतिक्रिया 4