
३० साउन, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ४ सय र तेजावी सुनको मूल्य ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ । आइतबर छापावाल सुनको प्रतितोला मूल्य ९७ हजार ८ सय र तेजावी सुन ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको मूल्य तोलामा १ हजार २३५ रुपैयाँ कायम भएको छ । आइतबर चाँदीको मूल्य एक हजार २५० रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4