
काठमाडौं । अरविन्द पाण्डे निर्देशित हिन्दी भाषाको फिल्म ‘इश्क पश्मिना’ आगामी सेप्टेम्बर २३ मा रिलिज हुने भएको छ । फिल्मको मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले रिलिज मिति तय गरेको हो ।
हालसम्मै फरक प्रेम कथामा आधारित भनिएको ‘इश्क पश्मिना’मा भारतीय टेलिभिजनका चर्चित कलाकार भाविन भानुशाली, मालती चाहर, जरिना बहाव, बालकलाकार गौरिका मिश्रा लगायतको मुख्य भूमिका रहेको छ ।
कृष्ण शान्ति प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता सुरज सूर्या मिश्रा र शालु मिश्रा हुन् ।
अधिकांश छायांकन हिमाञ्चल प्रदेशको सिमलामा गरिएको फिल्मको आधिकारिक ट्रेलर सेप्टेम्बर १ मा सार्वजनिक गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4