
३१ साउन, काठमाडौं । सत्ता गठबन्धनका नेताहरूको बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी बैठकमा मंसिर ४ गते निर्धारित प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनबारे छलफल भइरहेको छ ।
यसअघि बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले सिट बाँडफाँट चाँडै टुंगो लगाउन कार्यदललाई निर्देशन दिएको थियो । कार्यदललाई प्रस्ताव ल्याउन दिइएको समयसीमा आजसम्म मात्र छ ।
२० साउनमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल गठन गरेको थियो । ११ सदस्यीय कार्यदलको संयोजक नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला छन् । सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा पनि उनैलाई दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4