+
+

पशु चिकित्सा विधेयकमा संशोधन गर्न सत्तारुढ दल कांग्रेसको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १३:०३

३१ साउन, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले ‘पशु स्वास्थ्य तथा पशु सेवा परिषद् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा अस्पष्टता रहेको भन्दै संशोधनको माग गरेको छ ।

बुधबार प्रतिनिधिसभामा प्रस्तुत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको विधेयकमाथि छलफलमा भाग लिँदै कांग्रेसका सचेतक मीन विश्वकर्माले विधेयकको नाम, क्षेत्राधिकार र विशिष्टकृत वर्गीकरणमा समेत संशोधन प्रस्ताव राखेका छन् ।

पशु चिकित्सक, पशु स्वास्थ्य प्राविधिक, पशु व्यवसायी, पशु स्वास्थ्य सम्बन्धी ज्ञान भएका मानिसहरुमा क्षेत्राधिकारबारे दुविधा उत्पन्न हुन सक्ने उनको भनाइ छ । कार्यक्षेत्रका साथसाथै, व्यवसायमा अन्योलता र सेवा प्राप्त गर्नेहरुमा समेत अस्पष्टता रहन सक्ने भएकाले संशोधन आवश्यक रहेको उनले बताए । भने, ‘त्यसकारण यो विधेयकको नाममा, केही क्षेत्राधिकारमा र विशिष्टकृत वर्गीकरणमा पनि केही संशोधन गरियोस् भन्ने माग गर्दछु ।’

कांग्रेस सचेतक विश्वकर्माले विधेयकमाथि संसदमा व्यक्त गरेको विचार

अहिले आइराखेको विधेयकले केही अष्पष्टता गर्‍यो कि ! त्यसैले म माननीय मन्त्री ज्यूसँग अनुरोध गर्न चाहन्छु– हामीसँग पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ छ । सँगसँगै हामीसँग पशु चिकित्सा परिषद पनि छ । त्यो चिकित्सा परिषदले चिकित्सकहरुको योग्यता तोकेको छ । त्यसमा यो विषयमा विषयगत विज्ञता र स्नातक वा स्नातकोत्तर गरेको व्यक्तिलाई हामीले चिकित्सक मानेका छौं ।

अहिले आएको यो विधेयकले फेरि पशु स्वास्थ्य तथा पशु सेवा परिषद गठन गर्ने कुरा ग¥यो । र यसले फेरि जोडेर भन्यो – स्नातक वा स्नातकोत्तर गरेको व्यक्तिलाई पनि एकै ठाउँमा राख्यो । पशु व्यवसाय गर्ने पनि, पशु स्वास्थ्यको ज्ञान भएको पनि र पशु स्वास्थ्यको सेवा दिइराखेको प्रावधिक ३५ दिने तालिम लिने पनि, ६ महिने तालिम लिने पनि, १८ महिने तालिम लिने पनि, ३ वर्ष तालिम लिने पनि, स्नातक र स्नातकोत्तर गरेकोलाई पनि एउटै कार्यसूचीमा राखेको देखिन्छ ।

त्यसकारण केही अस्पष्टता छ । विधेयक आवश्यक छ । तर, यसको क्षेत्राधिकार, काम गर्न क्षेत्र प्रिसकाइप, सबैले प्रिसकाइप गर्न खोज्यो भने, पायो भने यसले थप अप्ठ्यारो स्थिति सिर्जना गर्न सक्छ ।

त्यसकारण यसको नाममा नै पशु स्वास्थय तथा पशु सेवा परिषद भन्नुको सट्टा पशु स्वास्थ्य तथा पशु सेवा प्राविधिक परिषद बनाउँदा कसो होला ? यो प्राविधिकहरुको, तालिम लिएर गएका मानिसहरुको भयो भने कम्तिमा जसरी नेपाल मेडिकल काउन्सिल छ, चिकित्सकहरुको काउन्सिल छ, नर्सिङ काउन्सिल छ त्यसैगरी स्वास्थ्यकर्मी संघ छ ।

मानिसहरुको स्वास्थ्यका बारेका, त्यसैगरी पशु स्वास्थ्यको बारेमा पनि पशु चिकित्सक, पशु स्वास्थ्य प्रावधिक, पशु व्यवसायी, पशु स्वास्थ्य सम्बन्धी ज्ञान भएका मानिसहरु । यसरी एउटा वर्गीकरण गरेर क्षेत्राधिकार पनि स्पष्ट पार्‍यौं भने यसले दुविधा हुँदैन, कार्यक्षेत्रमा पनि दुविधा हुँदैन, उनीहरुको व्यावसायमा पनि अन्योलता हुँदैन र सेवा प्राप्त गर्ने, सेवा ग्रहण गर्नेहरुको लागि पनि स्पष्टता हुन्छ । त्यसकारण यो विधेयकको नाममा, केही क्षेत्राधिकारमा र विशिष्टकृत वर्गीकरणमा पनि केही संशोधन गरियोस् भन्ने माग गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?