
१२ भदौ, काठमाडौं । वेरेवल तथा मोबाईल एक्सेसोरीज् उत्पादनमा विश्व बजारको अग्रणी उत्पादक रिभरसङ नेपाली बजारमा प्रवेश गरेको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै रिभरसङले नेपाली बजारमा औपचारिक रुपमा प्रवेश गरेको घोषणा गरेको हो ।
मोबाइल एक्सेसोरिजको आयात तथा विक्री वितरण गर्दै आएको केमियो इन्टरनेशनलले रिभरसङलाई नेपाली बजारमा भित्र्याएको हो । नेपालको लागि अधिकृत विक्रेता तोकिएमको केमियो इन्टरनेशनका सह संस्थापक उपेन्द्र साहले एक गुणस्तरीय ब्राण्डलाई नेपाली बजारमा भित्र्याउन पाएकोमा खुसी व्यक्त गरे ।
अर्का सह–संस्थापक राज गुप्ताले रिभरसङले नेपाली मोबाईल एक्सेसोरीज बजारमा नयाँ छाप छोड्ने दाबी गरे । रिभरसङ इण्यिाका प्रमुख कार्यकारी अधिकृत माभेन्द्र कुमार चण्डोलाले विश्वभर नै स्मार्टवाचको बजार बढ्दो क्रममा रहेकाले नेपाली बजारमा समेत राम्रो बजार हासिल गर्ने अपेक्षा व्यक्त गरे । उनले नेपाली बजारमा रिभरसङको ब्राण्ड सचेतना र विकासका लागि कुनै पनि किसिमको सम्झौता नगरिने स्पष्ट पारे ।
रिभरसङले ६ प्रकारका स्मार्टवाच र चार प्रकारका इअरवड्स् सार्वजनिक गरेको हो । अफलाइन डिस्ट्रिब्युसन च्यानल प्रयोग गरि नेपाली उपभोक्तामाझा सहज उपस्थिती जनाउने योजना बनाएको केमियोले केहि विशेष उत्पादनहरुलाई दराज, सस्तो डिल, ग्यापु लगायतका अनलाइन प्लेटफर्मबाट समेत बेच्ने छ ।
विश्वका ६० भन्दा बढी मुलुकमा विक्री वितरण भइरहेको रिभरसङ सन् २००० मा चीनको सेञ्जेनमा स्थापना भएको थियो ।
प्रतिक्रिया 4