
३१ साउन, काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगका सचिव गोकर्णमणि दवाडीलाई समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो ।
आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचनमा सिंगो मुलुकलाई नै एक निर्वाचन क्षेत्र मानेर प्राप्त मतका आधारमा सिट बाँडफाँट गर्छ । त्यसका लागि दलहरुले उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा पेश गर्नुपर्छ ।
त्यही निर्वाचन प्रयोजनका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो । निर्वाचन आयोग परिसरमै मुख्य निर्वाचन आयुक्तको कार्यालय स्थापना गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4