
काठमाडौं । सनराइज बैंक लिमिटेडले बुटवल उपमहानगरपालिका-४ मा रहेको लक्ष्मी माध्यामिक विद्यालयमा शुद्ध पिउने पानीका लागि फिल्टर जडान गरेको छ ।
बैंकका अनुसार प्रतिघण्टा १०० लिटर पानी फिल्टर गर्न सक्ने क्षमताको आरओ फिल्टर प्लान्ट जडान गरेको छ । विद्यालयमा अध्ययनरत करिब ३०० विद्यार्थीलाई शुद्ध पिउने पानीको व्यवस्थाका लागि फिल्टर जडान गरेको बैंकले जनाएको छ ।
बिहीबार विद्यालयमा आयोजित एक कार्यक्रमका बीच उक्त फिल्टर विद्यालयलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
फिल्टर जडान भएसँगै विद्यार्र्थीहरुलाई विद्यालयमा शुद्ध पिउने पानी पिउन र स्वस्थ रुपमा पठनपाठन गर्न मद्दत पुग्ने विश्वास विद्यालयकी प्रअ शान्ति शर्माले बताइन् ।
सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरणका क्षेत्रमा सहयोग गरिएको र आगामी दिनमा पनि सहयोग गदै जाने बैंकले बताएको छ ।
फिल्टर हस्तान्तरण कार्यक्रममा सन्राइज बंैकका नायब महाप्रबन्धक अपछकुमार यादव, बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नरिश्वर पौडेल लगायतको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4