
३१ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले बञ्चरेडाँडा ल्याण्डफिल साइट रहेको स्थानीय तहसँग गरेको सम्झौताको प्रगति विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा फेसबुकमा प्रगति विवरण राख्दै उनले सम्झौतामा प्रतिबद्ध भएको जनाएका छन् ।
काठमाडौ महानगरपालिकाले गत २६ जेठ मध्यरातमा महानगरपालिका, धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाबीच १८ बँुदे सम्झौता गरेको थियो ।
उक्त सम्झौतामा भएका एउटा पनि बुँदाहरु कार्यान्वयन नभएको भन्दै बञ्चरेडाँडाका बासिन्दा आन्दोलित छन् । उनीहरुले बारम्बार सम्झौताका बुँदाहरुको कार्यान्वयन गर्न भन्दै माग गर्दै आएका छन् ।
सोहि विषयलाई लिएर अहिले दैनिकजसो बञ्चरेडाँडामा तनाव सिर्जना भइरहेको छ । यसैबीचमा महानगरका मेयर बालेनले सम्झौतामा भएका बुँदाहरुको प्रगति प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
सार्वजनिक विवरण अनुसार सम्झौताको १ देखि ५ वटा बुँदा कार्यान्वयनको म्याद गइसके पनि पूर्ण रुपमा कार्यान्वयन नभएको देखिन्छ । विवरण अनुसार सम्झौताको १३ को(क)मा बुँदा पनि कार्यान्वयन भएको छैन ।
यस्तो छ बालेनले सार्वजनिक गरेको १८ बुँदे सम्झौताको प्रगती विवरण :
प्रतिक्रिया 4