
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ग्राहकका लागि ६ गुणासम्म प्रतिफल दिने ‘मेगा म्याजिक मुद्दती’ योजना ल्याएको छ ।
मेगा बैंकको यस नयाँ योजना अन्तर्गत व्यक्तिगत मुद्दती खाता खोल्ने ग्राहकले ७६ महिनादेखि १९६ महिना भित्रै २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । संस्थागत मुद्दती खाता खोल्ने ग्राहकले ९३ महिनादेखि १८५ महिना भित्रै २ गुणादेखि ४ गुणासम्म निक्षेप रकम फिर्ता पाउने छन् । त्यसै गरी रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकले ७० महिनादेखि १८० महिना भित्र २ गुणादेखि ६ गुणासम्म निक्षेप रकम फिर्ता पाउने बैंकले जनाएको छ ।
बैंकको यो म्याजिक मुद्दती निक्षेप योजनामा व्यक्तिगत तथा रेमिट्यान्स मुद्दती खाता खोल्ने ग्राहकहरुले रु. १ लाखदेखि माथि र संस्थागत मुद्दती खाता खोल्ने ग्राहकहरुले रु. ५ लाखदेखि माथि रकम जम्मा गरी आफूले रोजेको समयावधि अनुरुप २ गुणादेखि ६ गुणासम्म बढाउन सकिने मेगा बैंकले जनाएको छ । यस प्रकारको योजनाले ग्राहकहरुलाई बचतमा प्रोत्साहन गर्नुका साथै ग्राहकमहानुभावहरुलाई उचित प्रतिफल पनि दिने बैंकले जनाएको छ ।
प्रतिक्रिया 4