
काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औं स्वतन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्तलन गरेका छन् ।
इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आईएमई कम्प्लेक्स परिसरमा झण्डोत्तलनको कार्यक्रम आयोजना गरिएको आईएमई ग्रुपले जनाएको छ ।
कार्यक्रममा ढकालले इन्डोनेसियाको ७७औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना मन्तब्य व्यक्त गर्दै नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्याउन प्रयास गरिरहेको बताए ।
उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रसस्त सम्भावना रहेको बताए । उक्त सम्बन्धलाई आगामि दिनमा अझ प्रगाढ र मजबुद बनाउनुपर्नेमा उनले जोड दिए ।
नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैह्र आवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा छ । इन्डोनेसिया आसियान राष्ट्रहरुमध्यको सबैभन्दा ठूलो अर्थतन्त्र हो । नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ ।
प्रतिक्रिया 4