
१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीहरुको प्रस्ताव ल्याउने बताएका छन् ।
बुधबार बसेको पार्टी स्थायी कमिटी बैठकमा संगठनबारे छलफल भएको थियो । नेता कृष्णबहादुर महराका अनुसार केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी समितिमा थप गर्नुपर्ने सदस्यहरु र पदाधिकारी मनोनयनबारे छलफल भएको थियो ।
उनले भने, हामी करिब करिब टुंगोमा पुगेका छौं । भोलि बिहान ८ बजे टुंगो लाग्छ ।’
बैठकमा अध्यक्ष प्रचण्डले भोलिको बैठकमा पदाधिकारीको समेत नाम प्रस्ताव गर्ने बताएका छन् । ‘सबैसँग सल्लाह गरेर भोलि पदाधिकारी प्रस्ताव ल्याउँछु भन्नु भएको छ,’ एक नेताले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4