
१ भदौ, काठमाडौं । नेकपा एमाले प्रवेश गरेका पूर्वमन्त्री हेमराज राईले सत्ता गठबन्धन लक्ष्यहीन र दिशाहीन बनेको बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रमले राईले लोकतन्त्र बलियो बनाउन सिद्धान्तनिष्ठ राजनीति आवश्यक पर्ने बताए ।
‘सिद्धान्तहीन र लक्ष्यहीन गठबन्धनले दिशाहिन बनाएको छ । यसले लोकतन्त्रलाई बलियो बनाउन सक्दैन’, राईले भने ।
मुलुकमा राजनीतिक ध्रुविकरण आवश्यक रहेको बताउँदै राईले भने, ‘सिद्धान्तनिष्ठ राजनीतिक ध्रुविकरणले राजनीतिलाई स्वच्छता र स्थीरतातिर लैजान्छ । त्यसैले हामीले राजनीतिक निर्णय लिएका हौं ।’
राई बुधबार नेकपा एमालेमा प्रवेश गरेका हुन् । केन्द्रीय कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राईलाई प्रवेश गराएका हुन् ।
राई नेतृत्वमा जसपाका १० केन्द्रीय सदस्य, केन्द्रीय निकाय, संघीय परिष्द सदस्य र प्रदेश सदस्य सहितको टोली एमाले प्रवेश गरेको हो । अशोक राईले एमालेबाट विद्रोह गरी नयाँ पार्टी बनाएपछि पूर्वमन्त्री राई सहितका नेताहरु पनि अलग भएका थिए ।
प्रतिक्रिया 4