
२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाका मेयरबीच चलेको जुहारीको चर्चा संसदमा पनि चलेको छ । नेकपा एमालेका सांसद कृष्णकुमार राईले दुई मेयरबीचको जुहारीको विषय संसदमा उठाएका हुन् ।
उनले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकाले प्रभावकारी काम नगरेको बताए । केबल फोहोर विसर्जनस्थलमा माटोले पुर्ने मात्र काम गरेको आरोप लगाए ।
साम्पाङले बुधबार साँझ फेसबुकमा आफू काठमाडौं नगएको भए काठमाडौंको फोहोर उठ्ने थिएन रहेछ भन्दै स्टाटस लेखेका थिए । उनको पोष्टमा बालेनले प्रतिक्रिया दिएका थिए । उनले साम्पाङकै शैलीमा लेखेका छन्, ‘हो नि तपाईंकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4