
२ भदौ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकमा राष्ट्रपति विद्यादेवी भण्डारीले उठाएको लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताए ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थापाले लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधार गर्नुपर्ने विषयमा विशेष छलफल हुनुपर्ने बताएका हुन् । ‘लैङ्गिक समानताको दृष्टिकोणबाट प्रशस्त छलफल र सुधारका ठाउँहरु छन् भन्ने विषयहरु पनि उठाउनुभएको छ । खास गरेर आमाको आत्मसम्मानको विषय । महत्वपूर्ण कुरा जुन हामीले विधेयक बन्ने बेलामा पनि छलफल गरेका थियौं । संशोधन पनि राखेका थियौं’ उनले भने ।
राष्ट्रपतिले आमाको आत्मसम्मानमा चोट नपुगोस् भन्नेतर्फ गम्भीरताका साथ विषय उठाएको भन्दै केही कुरामा संविधान नै गर्नुपर्ने थापाले बताए ।
वैवाहिक अंगीकृत नगरिकताका विषयमा साझा धारणा बनाउनुपर्ने राष्ट्रपतिको सन्देश पनि ठीक रहेको थापाको भनाइ छ । सरकारले नागरिकतामा तत्काल जे आवश्यक छ त्यो ल्याएको भन्दै थापाले भविष्यमा संशोधन गर्दै जाने बताए ।
प्रतिक्रिया 4