
२ भदौ, काठमाडौं । स्थानीयको अवरोधका बीच बिहीबार बञ्चरेडाँडामा २ सय ८४ गाडी फोहोर विसर्जन गरिएको छ । काठमाडौंबाट फोहोर बोकेर बञ्चरेडाँडा पुगेका गाडीहरुलाई केहीबेर स्थानीयले अवरोध गरेता पनि फोहोर विसर्जन भएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
स्थानीयवासीको अवरोध हटाउन बिहीबार पनि धेरै संख्यामा प्रहरी खटाइएको थियो । महानगरका प्रवक्ता नवीन मानन्धरले सामान्य अवरोध पछि २८४ गाडी फोहार खसेको बताए ।
मानन्धरका अनुसार पक्राउ परेका स्थानीयलाई रिहा गर्नुपर्ने माग राखेर बिहीबार बिहान केही समय स्थानीयले फोहोर फाल्न अवरोध खडा गरेका थिए ।
बुधबार काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्ने विषयमा ४ बुँदे सहमति भएको थियो ।
प्रतिक्रिया 4