
२ भदौ, काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङ सेवा शुल्कमा ५० प्रतिशत छुट घोषणा गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार प्राधिकरणले बिहीबार नेपाल वायुसेवा निगमलाई पत्र लेख्दै यस्तो निर्देशन दिएको हो । गौतमबुद्ध विमानस्थलमा ग्राउन्ड ह्यान्डलिङको काम नेपाल एयरलाइन्सले गर्दै आएको छ ।
नेपालको पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना २०७९ मा गौतमबुद्ध र पोखरा विमानस्थलमा हुने सबै अन्तर्राष्ट्रिय उडानमा ल्यान्डिङ, पार्किङ, नेभिगेशन र सेक्युरिटीलगायत शुल्कमा शतप्रतिशत छुटलाई निरन्तरता दिइने उल्लेख थियो ।
साथै कार्ययोजनामा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा निश्चित प्रतिशत छुट दिने उल्लेख थियो । यो सुविधा अर्को निर्णय नभएसम्म कायम रहने समेत प्राधिकरणले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4