+
+

रिक्त एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १३:०३

३ भदौ, काठमाडौं । रिक्त रहेको एक सचिव पदका लागि तीनजनाको नाम सिफारिस भएको छ ।

बढुवा सिफारिस समितिले सहसचिवहरु घनश्याम उपाध्याय, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस गरेको हो ।

अब बस्‍ने मन्त्रिपरिषद् बैठकले यी तीनमध्ये एकजनालाई सचिवमा बढुवा गर्नेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मण अर्यालको अवकाशपछि एउटा सचिव पद रिक्त थियो ।

सिफारिस भएकामध्ये उपाध्याय ललितपुरको प्रमुख जिल्ला अधिकारी हुन् । यस्तै दुवाडी उद्योग मन्त्रालयमा कार्यरत छन् भने घिमिरे चीनमा महावाणिज्य दूत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?