+
+

अपर तामाकोशीको शतप्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १६:३०
फाइल तस्वीर

३ भदौ, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले १४ औं वार्षिक साधरण सभामार्फत शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार काठमाडौंमा भएको वार्षिक साधरणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

कम्पनीको वार्षिक साधरण सभामा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गर्दै उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद सेयरको माध्यमबाट पूँजी वृद्धिको लागि विशेष प्रस्ताव पेस गरेको बताए ।

उनले ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी हुनुपर्ने प्रावधान रहेकोमा नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि वृद्धि हुँदा लागत बढेर पूँजी बढाउनुपर्ने अवस्था आएको बताए । उनले ऋण र स्वपूँजीको अनुपात कायम हुन नसकेकाले पूँजी वृद्धिको लागि हकप्रद सेयर निष्कासन गर्न लागेको बताए ।

घिसिङले रोल्वालिङ ड्राइभर्सन,रोल्वालिङ खोला जलविद्युत् आयोजनाहरुको निर्माण र माथिल्लो तामाकोशी आयोजनाका लागि अपुग रकम अल्पकालीन ऋण लिएर सम्पन्न गरिएकोले सो ऋण चुक्ता गर्नका लागि वित्तीय व्यवस्थापन गर्न आवश्यक देखिएको बताए ।

उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युत् गृहबाट निस्कने पानीलाई करिब ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं आयोजना निर्माण गर्ने लक्ष्य रहेको बताए ।

हाल कम्पनीको चुक्ता पूँजी १० अर्ब २९ करोड रुपैयाँ छ । हकप्रद निष्कासन पश्चात चुक्ता पूँजी २० अर्ब ५८ करोड रुपैयाँ पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?