+
+

कांग्रेस नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ३ गते १६:२७

३ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । झण्डै एक महिनादेखि ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ ।

आईसीयूमा राखिएका बिरामीलाई पनि भेन्टिलेरको सहयोग पर्न सक्छ, जुन नन् इन्भेसिभ भेन्टिलेटर हो ।

‘उहाँ क्रिटिकल अवस्थामा हुनुहुन्छ,’ उपचारमा संलग्न एक चिकित्सकले अनलाइखबरसँग भने, ‘क्यान्सरको अन्तिम चरणमा हुनुहुन्छ । सुधार हुने सम्भावना निकै कम छ ।’

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए ।

गिरिलाई भेटेर फर्किएका कांग्रेस नेता बिमलेन्द्र निधिले ट्वीट गरेका छन्, ‘स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारका लागि प्रार्थना गर्दैछु, सबैले प्रार्थना गरौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?