+
+

प्रदीप गिरिका लागि स्वास्थ्य लाभको प्रार्थना गर्न भारतीको अपील

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ४ गते १५:३२

४ भदौ, काठमाडौं । ललितपुरको नख्खुमा उपचाररत सांसद प्रदीप गिरिको स्वास्थ्य अवस्था जटिल बनेको छ । गिरिकी पत्नी भारती सिलवाल गिरिले शनिबार वक्तव्य जारी गर्दै उनको स्वास्थ्य लाभको प्रार्थना गर्न समेत अपिल गरेकी हुन् ।

भारतमा क्यान्सरको उपचार गरेर फर्किएका गिरि झण्डै एक महिनाअघि ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । क्यान्सरका कारण देखिएको समस्या र निमोनिया भएर अस्पताल भर्ना भएको भारतीले जानकारी दिएकी छन् । अहिले निमोनिया बढेको भन्दै वत्तव्यमा भनिएको छ, ‘यसले धेरै अंगहरु फेल भइरहेका छन् ।’

यद्यपि अहिले पनि डाक्टरहरुको टिम उपचारमा जुटिरहेको भन्दै उनले धन्यवाद दिएकी छन् र गिरिको स्वास्थ्यलाभको कामना गर्न समर्थनहरुलाई आग्रह गरेकी छन् ।

हेर्नुस् प्रदीप गिरिकी पत्नी भारतीले जारी गरेको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?