
४ भदौ, विराटनगर । कोरोना महामारीका कारण दुई वर्ष स्थगित भएर यस वर्ष निकालिएको राधाकृष्ण रथयात्रामा विराटनगरका हजारौं भक्तजन सहभागी भएका छन् । प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्ण रथयात्रा निकाल्ने प्रचलन छ ।
कोरोना महामारीका कारण २०७७ र २०७८ मा रथयात्रा भएन । कोरोना महामारीको जोखिमका बीच शनिबार निकालिएको ५४ औं रथयात्रा पानी ट्याङ्की चोकमा रहेको राधाकृष्ण मन्दिरबाट सुरु भएर शंकरपुर मोड, गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष, बसपार्क, महेन्द्र चोक, शनिमन्दिर र मुनालपथबाट बरगाछी हुँदै पुनः तिनपैनीस्थित राधाकृष्ण मन्दिरमा पुगेर समापन हुनेछ । रथले ९ किलोमिटरको यात्रा तय गर्नेछ ।
रथयात्राका लागि सुनौलो रङ्गमा पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ निमार्ण गरिएको छ । युगल जोडी राधाकृष्ण विराजमान रथलाई तान्न रथको अग्रभागको दायाँ र बायाँ दुवैपट्टि ५० फिट लामो लठाको व्यवस्थापन गरिएको छ । सोही लठालाई तानेर रथलाई नगर परिक्रमा गराईने छ ।
प्रतिक्रिया 4