
डा. रामवरण यादव । तस्वीर :आर्यन धिमाल/अनलाइनखबर
५ भदौ, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले स्वर्गीय प्रदीप गिरि कल्याणकारी राज्यको पक्षधर भएको बताएका छन् ।
गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्न मेडिसिटी अस्पताल पुगेका डा. यादवले तीक्ष्ण बुद्धि, बौद्धिक व्यक्तित्व, अध्ययनशील र पछि परेको समाजको उत्थानको पक्षमा लाग्ने व्यक्ति गुमाउँदा आफू दु:खित रहेको बताए ।
बीपी र गणेशमानपछि नेपाली भाषी नेतामा गिरि तराईमा अत्यन्तै लोकप्रिय रहेको डा. यादवले बताए । ‘उहाँ राष्ट्र र राजनीति बुझेको माानिस’, गिरिलाई सम्झँदै यादवले भने, ‘सम्पूर्ण देशलाई बुझेको मानिस ।’ गिरि सबैको विचारका अध्येता र अध्ययनशील व्यक्ति रहेको यादवले बताए ।
गिरिको शनिबार राति उपचारकै क्रममा मेडिसिटी अस्पतालमा निधन भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4