
काठमाडौं । हुन्डाई नेपालले चुनीखेलस्थित रातोमाटे डाँडामा वृक्षारोपण गरेको छ । सकारात्मक परिवर्तन अभियान अन्तर्गत रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा २०० भन्दा बढी बिरुवा रोपिएको कम्पनीले जनाएको छ ।
वृक्षारोपण कार्यक्रममा ईभीका विभिन्न उमेर समूहका करिब १५० जनाको सहभागिता रहेको थियो । सो क्रममा कोना र आयोजिन ५ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट बूढानीलकण्ठसम्म पुगेका थिए । पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य-बद्धता गर्ने पहल स्वरूप यो अभियान सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
अभियान अन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्षारोपणले साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आशा कम्पनीले राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4