
५ भदौ, काठमाडौं । अक्षरा स्कुलले ‘बनौं संस्कारी’ पाठ्यक्रम सुरु गरेको छ ।
शुक्रबार वरिष्ठ चिकित्सक डा भगवान कोइराला, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, अक्षरा स्कुलकी प्रिन्सिपल अञ्जु भट्टराई र पुस्तकका लेखक डा. राजु अधिकारीले बनौं संस्कारी पाठ्यक्रममा सहयोग पुग्ने पुस्तक विमोचन गरेका छन् ।
पुस्तकबारे चर्चा गर्दै डा कोइरालाले पछिल्लो समय आधारभूत मानवीय मूल्य बिर्सदै गएको बताए । ‘अहिले विज्ञान छ, प्रविधि छ । भौतिक विकास पनि छ । यी सबै चाहिन्छ । तर यसका साथमा मानव मूल्य पनि चाहिन्छ । मानव मूल्य छैन भने हाम्रो जीवनको पनि कुनै मुल्य हुदैन’ उनले भने ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले सबैले आफ्ना छोराछोरी असल बनाउन चाहेको तर कसरी बनाउन सकिन्छ भनेर ध्यान नदिएको बताए । ‘त्यही भएर हामी स्कुलको परीक्षामा राम्र अंक ल्याएर पास गर्छाै तर जीवनको परीक्षामा भने फेल भइराखेका छौं’ उनले भने ।
स्कुलकी डाइरेक्टर प्रिन्सिपल भट्टराईले संस्कारयुक्त शिक्षा दिने उद्देश्यले स्कुल स्थापना गरेको बताइन् । ‘हाम्रो विद्यालयको मिसनसँग यो पुस्तक मिल्ने रहेछ । त्यही भएर हामीले यसलाई सन्दर्भ सामग्रीको रुपमा प्रयोग गर्ने निष्कर्ष निकाल्यौं’ उनले भनिन् ।
लेखक अधिकारीले संस्कारयुक्त शिक्षा नभए व्यक्तित्वमा सुवास नआउने बताए ।
प्रतिक्रिया 4