+
+

सुन–चाँदीको मूल्य घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १२:३४

६ भदौ, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।

सोमबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ३ सय र तेजावी सुनको मूल्य ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ । आइतबार छापावाल सुनको प्रतितोला मूल्य ९५ हजार ५ सय र तेजावी सुन ९५ हजार रुपैयाँमा खरिद बिक्री भएको थियो ।

सोमबार चाँदीको मूल्य एक हजार १६५ रुपैयाँ प्रतितोला तोकिएको छ । आइतबार चाँदीको प्रतितोला मूल्य एक हजार १७० रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?