+
+

अण्डरग्राउण्ड पार्किङ खुलाउन महानगरले भत्कायो बानेश्वरमा व्यापारिक भवनका संरचना

अमृत चिमरिया शंकर गिरी अमृत चिमरिया, शंकर गिरी
२०७९ भदौ ६ गते १२:५९

६ भदौ, काठमाडौं । नयाँ बानेश्वर चोक क्षेत्रमा व्यवसायिक भवनका अन्डरग्राउण्ड पार्किङ खुलाउन काठमाडौं महानगरपालिकाले संरचनाहरू भत्काउन सुरु गरेको छ ।

अन्डरग्राउण्ड पार्किङ छोपेर पसल सञ्चालन गरिरहेका  बानेश्वर कम्प्लेक्सलगायत त्यस वरपर क्षेत्रका व्यापारिक भवनमा पार्किङ खुलाउन मेसिन प्रयोग गरेर महानगर प्रहरीले संरचना भत्काउन थालेको हो ।

काठमाडौं महानगरपालिकाले भवनको नक्सा पास गर्दा राखेको अन्डरग्राउण्ड पार्किङलाई अरु प्रयोजनमा नलगाउन व्यापारीहरूलाई आग्रह गर्दै ३५ दिने सूचना जारी गरेको थियो ।

उक्त म्याद आइतबार सकिएपछि आइतबार नयाँ बानेश्वर क्षेत्रमा व्यापारिक भवनहरुको अन्डरग्राउण्ड पार्किङको अनुगमन गर्न मेयर बालेन्द्र (बालेन) साह आफैं खटिएका थिए ।

धेरै व्यापारिक भवनहरुले अन्डरग्राउण्ड पार्किङलाई पसलका रुपमा भाडामा लगाउने गरेका छन् । जसले गर्दा मुख्य सहरी क्षेत्रमा फुटपाथमै पार्किङ गर्ने क्रम बढेको छ ।

नयाँ बानेश्वर क्षेत्रमा महानगरपालिकाबाट अन्डरग्राउण्ड पार्किङको अनुमति लिएर २२ वटा भवन निर्माण भएका छन् । अनुगमनका क्रममा प्राय: सबै भवनले अन्डरग्राउण्ड पार्किङ क्षेत्रलाई पसल सञ्चालनका लागि भाडामा दिएको पाइएको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए ।

हेर्नुहोस् तस्वीरहरु :

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

शंकर गिरी

शंकर गिरी फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?