+
+

विज्ञापन बोर्डले किन स्थगित गर्‍यो ‘बचत गर्दा ध्यान दिऔं’ शीर्षकको विज्ञापन ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ६ गते १७:०१

६ भदौ, काठमाडौं । नेपाल विज्ञापन बोर्डले ‘बचत गर्दा ध्यान दिऔ‌ं’ शीर्षकको विज्ञापन स्थागित गरेको छ । बोर्डले सहकारी लगायत वित्तीय संस्थामा सचेत गराउने सोही प्रकृतिको लोक कल्याणकारी विज्ञापन प्रकाशन गरेको थियो ।

‘सहकारी लगायत वित्तीय संस्थामा रकम जम्मा गर्दै हुनुहुन्छ ? त्यसो हो भने, त्यसता संस्थाको वित्तीय विश्वसनियताको परीक्षण गर्न नबिर्सौं, बढी ब्याजको लोभमा नफसौं ब्याजको लोभमा सावाँ समेत नगुमाऔं,’ विज्ञापन बोर्डले प्रकाशन गरेको विज्ञापनमा भनिएको थियो ।

उक्त विज्ञापनको आलोचना भएपछि बोर्डले गत बिहीबार सहकारी भन्ने शब्द हटाएर नयाँ विज्ञापन प्रकाशित गर्‍यो । तर, बोर्डको उक्त विज्ञापनको चौतर्फी चालोचना भएपछि विज्ञापन नै रोक्ने निर्णय गरेको छ । विज्ञापनले विभिन्न प्रकारको द्विविधा उत्पन्न भएकोले सरोकार पक्षहरुको आग्रहमा हाललाई स्थागित गरीएको बोर्डले जनाएको छ ।

‘यस बोर्डको प.सं.०७९/८० च.नं.५१ २३ साउन २०७९ को पत्रबाट पठाएको तथा प.सं.०७९/८० च.नं. ७०, २ भदौ २०७९ को पत्रबाट परिमार्जन गरिएको ‘बचत गर्दा ध्यान दिऔं’ शीर्षकको विज्ञापनबाट विभिन्न प्रकारको द्विविधा उत्पन्न भएकोले सरोकार पक्षहरुको आग्रह बमोजिम उक्त विज्ञापन हाललाई स्थगित गरिएको छ । तसर्थ अर्को आदेश नभएसम्मका लागि उक्त विज्ञापन प्रकाशन नगर्नु/नगराउनु हुन निर्देशानुसार अनुरोध छ’ बोर्डको निर्देशनमा भनिएको छ ।

हेर्नुहोस् विज्ञापनः


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?