
काठमाडौं । अर्थर गन नामले चर्चित गायक दिवेश पोखरेलले टुबोर्ग होम कमिङ टुरको सुरुवात क्लब प्लाटिनमबाट गरेका छन् । शनिबार उनले खचाखच दर्शकमाझ प्रस्तुति दिए ।
‘के पीर पर्यो तिमीलाई’ गीतबाट उनले गायन प्रस्तुति सुरु गरे । ‘लभ इज माई रिडेम्पसन’, ‘न्यानो घर’ जस्ता गीतबाट उनले दर्शकको ताली र हुटिङ पाए । दर्शकले अर्थर गनका नेपाली र अंग्रेजी गीतको मज्जा लिए । क्रिडेन्स क्लियरवाटर रिभाइभलको ‘ह्याब यु एभर सिन द रेन’ जस्ता हिट गीतको पनि आनन्द उठाए ।
टुरको उद्घाटनमा दर्शकको माया र समर्थन पाएका अर्थर गनले यसपछि पोखरा, भरतपुर, बुटवल, धरान र बिर्तामोड लगायत सहरमा पनि प्रत्यक्ष प्रस्तुति दिंदैछन् ।
सन् २०२० मा अमेरिकी टीभी गायन रियालिटी शो अमेरिकन आइडलको १८औं सिजनको फाइनलिस्ट बनेपछि उनको लोकप्रियता बढेको हो । उनको हस्की स्वरलाई विश्वभरका संगीतप्रेमीले प्रशंसा गर्छन् ।
अर्थर गनको नेपाल कन्सर्टको मुख्य प्रायोजक टुबोर्ग बियर रहेको छ । गोर्खा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्टले भने, ‘टुबोर्गको संगीतसँग लामो समयदेखि सम्बन्ध रहिआएको छ । टुबोर्गले नेपाली संगीत क्षेत्रको उत्थान र संगीतको विभिन्न विधालाई सधैं समर्थन गर्दै आएको छ । त्यसलाई निरन्तरता दिंदै अर्थर गनसँग आबद्ध हुन पाउँदा निकै गर्व महसुस गरेका छौं ।’
प्रतिक्रिया 4