+

पल स्टर्लिङ १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा आबद्ध

२०७९ भदौ  ६ गते १८:२९ २०७९ भदौ ६ गते १८:२९
पल स्टर्लिङ १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा आबद्ध

६ भदौ, काठमाडौं । आयरल्यान्डका ब्याटिङ अलराउण्डर पल स्ट्रलिङ १०० बलको क्रिकेट प्रतियोगिता द हन्ड्रेडमा आवद्ध भएका छन् ।

उनी द हन्ड्रेड टिम साउर्थन ब्रेभमा आवद्ध भएका हुन् । द हन्ड्रेडमा इ‌ंग्ल्याण्ड र वेल्सका टिमले प्रतिस्पर्धा गर्छन् ।

गत संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई उपाधि जिताएका स्टर्लिङ फाइनल खेलमा ३६ बलमा ६१ रन बनाउँदै ‘प्लेअर अफ दी म्याच’ भएका थिए ।

उनले यसपटक पनि द हन्ड्रेडमा आवद्ध हुन पाएकोमा खुसी व्यक्त गरेका छन् । उनले भने, ‘साउर्थन ब्रेभबाट पुन एक पटक यस प्रतियोगितामा आबद्ध हुन पाएकोमा म खुसी छु ।’

३१ वर्षीय स्टर्लिङले भर्खरै मात्र टी–२० अन्तर्राष्ट्रियमा ३ हजार रन पूरा गर्ने चौथो खेलाडी बनेका थिए । उनले भने, ‘द हन्ड्रेड एक रोमाञ्चक प्रतियोगिता हो । मैले उद्घाटन खेल खेल्न पाएँ । पहिलो संस्करणमा उपाधि जित्ने टोलीको हिस्सा भएको थिएँ । यसपटक पनि प्रशिक्षक माहेला जयबद्धनेको टोलीमा आवद्ध हुन पाउँदा खुसी छु ।’

उनले २००९ मा टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए । उनले आयरल्यान्डका लागि ११४ टी-२० अन्तर्राष्ट्रिय खेलिसकेका छन् । उनको आबद्धतालाई लिएर प्रशिक्षक जयबर्द्धने पनि निकै उत्साहित छन् । उनले भने, ‘यस्तो अनुभवी खेलाडी टोलीमा भित्र्याउन पाउनु राम्रो कुरा हो । उनीसँग फेरि काम गर्न म उत्साहित छु ।’

द हन्ड्रेड पउल स्ट्रलिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय