
६ भदौ, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको बथिति र अनियमितता समधान गर्नका लागि भन्दै स्वास्थ्य मन्त्रालय, प्रतिष्ठान र घोपा बचाउ अभियानबीच सम्झौता भएको छ ।
स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र खोप बचाउ अभियानका अध्यक्ष सुधन गुरुङबीच आइतबार भएको छलफलमा ५ बुँदै सम्झौता भएको छ ।
सम्झौतापत्रमा बिरामीको चापलाई हेरेर डिजिटिल एक्सरे मेसिन लगायतका आवश्यक उपकरण क्रमश जडान गर्दै जाने, खरिद प्रक्रिया पादर्शी ढंगबाट प्रतिष्ठानको वेवसाइटमा राख्ने, अस्पतालको अनुगमन सम्बन्धित निकायबाट नियमित रुपमा हुने उल्लेख छ ।
त्यसैगरी, विगत ४ वर्षदेखि माग पुरा नभएको एमआरआई मेसिनको खरिद र सञ्चालनको लागि अपुग बजेटको निर्धारणको व्यवस्था र टेन्डर आव्हान गर्ने तथा चिकित्सक लगायतका स्वास्थ्यकर्मीहरुको दरबन्दी, पारदशी छनोट प्रक्रिया हुने भनी सम्झौता गरिएको छ ।
प्रतिष्ठानमा अनियमितता बढेको, पदाधिकारीले पदीय मर्यादा नराखेको, बिरामीले सामान्य सेवासमेत नपाएको भन्दै पाँच महिनादेखि घोपा बचाउ अभियानले आन्दोलन गर्दै आएको थियो ।
प्रतिक्रिया 4