+
+

कर्मचारी समायोजन मुद्दामा सर्वोच्चले सुनायो फैसला

केहीमा रिट खारेज केहीमा रिट जारी, फैसलाको लिखित रुप आउन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ ७ गते १७:१३

७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा मंगलबार फैसला सुनाएको छ ।

समायोजन अन्यायपूर्ण भएको भन्दै कर्मचारीहरुले दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला सुनाएको छ ।

संवैधानिक इजलासले समायोजनसम्बन्धी ९८ मुद्दामा मंगलबार निर्णय सुनाउने भनी तोकेको थियो । जसमध्ये कतिपयको रिट खारेज भएको छ भने कतिपय मुद्दामा निवेदकको माग अनुसार रिट जारी गरेको छ ।

निवेदन खारेज भएका मुद्दाका निवेदक कर्मचारीहरु अहिले बहाल भएकै स्थानमा काम गर्नुपर्नेछ । त्यस्तै रिट जारी भएका मुद्दाका निवेदक कर्मचारीहरुको समायोजन बदर भएको छ । अब सरकारले सर्वोच्च अदालतको आदेश अनुसार उनीहरुको व्यवस्थापन गर्नुपर्नेछ ।

यद्यपि सर्वोच्च अदालतबाट आदेशको लिखित रुप आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?