
७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई पदबाट बर्खास्त गर्नुको कारण पेश गर्न न्यायपरिषदको नाममा आदेश जारी गरेको छ ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले शाहलाई न्यायपरिषदका अध्यक्ष समेत रहेका प्रधानन्यायाधीश, कानूनमन्त्री, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश र दुईजना न्यायपरिषदको सदस्यको नाममा आदेश जारी गरेको हो ।
सर्वोच्चले शाहले माग गरेको अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।
उच्च अदालतको न्यायाधीश हुन योग्यता नपुगेको भन्दै न्यायपरिषदले शाहलाई बर्खास्तीको सिफारिस गरेको थियो । बर्खास्तमा परेपछि रिट निवेदन लिएर शाह सर्वोच्च अदालतमा पुगेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4