
८ भदौ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीलाई भेट्न ओली बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटेका हुन् ।
भेटमा मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन, नागरिकता विधेयक र संक्रमणकालीन न्यायका विषयबारे छलफल भएको स्रोतले जनायो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4