
काठमाडौं । टुबोर्ग ओपन २०२२ मा नेपालका उदयीमान कलाकार भेक पनि जोडिएका छन् ।
टुबोर्गले यसपटक लोकप्रिय अमेरिकन संगीतकर्मी जेसन डेरुलोलाई टुबोर्ग ओपनमा जोडेको छ । जेसनसँगै नेपालका उदयीमान कलाकार भेक पनि जोडिएका छन् ।
जेसन डेरुलो अमेरिकी गायक तथा गीतकार हुन् । उनले आफ्नो पहिलो एकल गीतबाटै अन्तर्राष्ट्रिय ख्याति कमाएका थिए भने उनको सो गीत अमेरिका र न्यूजील्याण्डमा नम्बर एकमा पुग्न सफल भएको थियो । उनका थुप्रै गीत हिट छन् । जस मध्य केही हिट गीत ‘जलेवी बेबी’, ‘स्वाला’, सेभेज लभ आदि छन् ।
भेक नेपाली सांगीतिक आकाशमा पछिल्लो पुस्ताका उदयीमान लोकप्रिय संगीतकर्मी हुन् । उनले पनि छोटो समयमै लोभलाग्दो लोकप्रियतासँगै क्रेज कमाएका छन् । उनको सबै भन्दा चर्चित गीतहरु मध्ये ‘एकलै जिउन सिके, ‘मायालु’, ‘लै बरी लै’ जस्ता गीतहरु लोकप्रिय छन् ।
गत महिना जसेन डेरुलोसगँ अमेरिकाको लस एन्जलसमा टुबोर्ग ओपेन २०२२ को एर्मजिङ कलाकार भेकले मेन्टरसीप प्राप्त गरी नेपाल फर्किसकेका छन् ।
गोर्खा ब्रुअरीका मर्केटिङ डाइरेक्टर आशिष विष्टले टुबोर्ग र संगीतको नाता नेपाली सांगीतिक क्षेत्रमा एकदम गहिरो रहेको भन्दै सोही सम्बन्धलाई अगाडि बढाउन संगीतमार्फत देश तथा विदेशमा रहेका कलाकारहरुलाई जोड्न सफल भएको बताए ।
टुबोर्ग ओपेन अभियान विभिन्न मुलुकमा छैटौं पटक हुँदैछ भने नेपालमा यो पाँचौ पटक हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार टुबोर्ग ओपेनको यो वर्षको थिम भने ‘टेक द स्टेज’ रहेको छ । जसमा अन्तर्राष्ट्रिय विश्वप्रख्यात कलाकारले उभर्दो स्वदेसी कलाकारलाई मेन्टरसीप प्रदान गरी उनीहरुलाई संगीतको मुल भाव र एउटा लोकप्रिय कलाकार कसरी बन्ने भनी मार्गदर्शन रहेका छन् ।
प्रतिक्रिया 4