
८ भदौ, काठमाडौं । दोलखाको बिगु गाउँपालिका- १ लामानगरस्थित दुगड जलविद्युत आयोजनाको कामदार चढेको डुंगा तामाकोशीमा पल्टिँदा बेपत्ता भएका एक युवकको शव भेटिएको हो ।
साउन २३ गते जलविद्युत आयोजनाको स्काभेटर बनाउने मिस्त्रीसहित ८ जना कामदार डुंगा चढेर गएका थिए । स्काभेटर मर्मत गरेर फर्किने क्रममा डुंगा रुखमा ठोक्किएर पल्टिँदा रामेछापको उमाकुण्ड गाउँपालिका-१ वाल्दिङ घर भई नासा हाइड्रोपावरको मिस्त्री काम गर्ने २७/२८ वर्षका रमेश बस्नेत बेपत्ता भएका थिए ।
उनको शव १७ दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक सानु तामाङले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजतलास गर्ने क्रममा बुधबार विहान १० बजे शव भेटिएको प्रहरीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4